सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ


  •    न्युजभित्तो/२६ भाद्र २०८२, बिहीबार १४:१० 
  • सुर्खेत, २६ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाको अवज्ञा गरेको कसुरमा ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा निषेधाज्ञा पालना नगरी हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।

    ‎‎पक्राउ पर्नेमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोटको पचालझरनाका महेश बुढाथोकी, तिलागुफाका प्रेम कुँवर, शुभकालिकाका पुष्पराज शाही र पचालझरनाका मिलन बस्नेत छन् ।

    ‎‎शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने कार्यलाई प्रहरीले कडाइका साथ निगरानी गरिरहेको बुढथापाले बताए ।

    ‎प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । निषेधाज्ञा बिहीबार बिहान ८ः३० बजेदेखि साँझ ६ः ०० बजेसम्म जारी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.