समाज

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै
-न्युजभित्तो

चितवन, २९ भदौ । जेनजी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा...

वीरगञ्ज–रक्सौल नाकामा आवतजावतमा कडाइ
-न्युजभित्तो

वीरगञ्ज, २७ भदौ । नेपालमा जेनजी आन्दोलन पश्चात वीरगन्ज–रक्सौल नाकामा कडाइ गरिएको छ । नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतमा रोक लगाइएको छ । नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा दुवै देशका सुरक्षा निकायले प्रवेशमा कडाइ गरेका छन् ।...

झापामा कर्फ्र्यू जारीः घरबाहिर ननिस्कन प्रशासनको आग्रह
-न्युजभित्तो

झापा, २७ भदौ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यू जारी रहेका कारण घर बाहिन ननिस्कन आदेश जारी गर्नुभएको छ ।  उहाँले सो अवधिमा घरबाट बाहिर निस्कनै पर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग...

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), २७ भदौ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरेको छ । बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरिएको हो । आदेशमा महेन्द्रनगर बजारको...

कारागारबाट भागेका पाँच कैदी–बन्दी प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

कञ्चनपुर, २७ भदौ । यहाँस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आत्महत्या दुरुत्साहनका दुई, लागूऔषधका एक, जबर्जस्तीकरणीका एक र चोरी मुद्दाका एक जनालाई नियन्त्रणमा...

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ
-न्युजभित्तो

सुरुङ्गा (झापा), २७ भदौ । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका...

मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष लोकतान्त्रिक निकासको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा आधारित निकास खोज्नुपर्ने आग्रह गरेको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्क गर्दै वर्तमान अवस्थाबारे छलफल गरेको र लोकतान्त्रिक निकासका लागि...

आन्दोलनका क्रममा खण्डहर बनाइएको भैँसेपाटीको प्रहरी प्रभाग स्थानीयको पहलमा पुनःस्थापना
-न्युजभित्तो

ललितपुर, २७ भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित  प्रहरी प्रभाग स्थानीयले पुनःस्थापना गरेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर...

धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला
-न्युजभित्तो

सुनसरी, २७ भदौ । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ। भाटभटेनीको माथिल्लो तलामा एक जनाको शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् । आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव...

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
-न्युजभित्तो

धनगढी, २७ भदौ । बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु.प.प्र...