समाज

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु
-न्युजभित्तो

मुग्लिन (चितवन), १ असोज । नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६...

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
-न्युजभित्तो

चितवन, १ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका...

काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवन पूर्ण रूपमा जलेका छन् । उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी...

सुदन गुरुङको ‘हामी नेपाल’ संस्थाद्वारा तीन बुँदे दृष्टिकोण सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका तर्फबाट तीन बुँदे दृष्टिकोण सार्वजनिक गरिएको हो । संस्थाले जारी गरेको तीन बुँदे...

उपत्यका छाड्ने यात्रुको चाप अहिलेदेखि नै बढ्न थाल्यो, भाडा वृद्धि नहुने
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्षहरूमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन्...

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबारदेखि कोरला...

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौक । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिनुभएको हो । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका...

छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनःनिर्माण कोषमा
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको पुनःनिर्माणका लागि सहयोगको घोषणा गरेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुर्‍याउने भन्दै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको...

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), ३१ भदौ । ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटबाट सेवा सञ्चालन थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित, दुई इलाका प्रहरी कार्यालय, १५...

निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई...