सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनःनिर्माण कोषमा


  •    न्युजभित्तो/३१ भाद्र २०८२, मंगलवार १४:३४ 
  • काठमाडौँ, ३१ भदौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको पुनःनिर्माणका लागि सहयोगको घोषणा गरेका छन् ।

    भदौ २३ र २४ गते भएको आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुर्‍याउने भन्दै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको संयुक्त बैठकले दुई दिनको तलब भत्ता दिने घोषणा गरेको अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

    जसबापत ५ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गरिने उनको भनाइ छ । अध्यक्ष चौधरी आफैं जेनजी पुस्ताका हुन् । ‘म आफैं जेनजी पुस्ताको मान्छे हो । आन्दोलनमा मेरो पनि समर्थन थियो । तर जुन भौतिक संरचनाहरूको क्षति भयो, त्यसले गर्दा नराम्रो लागेको छ । त्यसकै पुनः निर्माणको लागि सानो सहयोग गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.