सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदन गुरुङको ‘हामी नेपाल’ संस्थाद्वारा तीन बुँदे दृष्टिकोण सार्वजनिक


  •    न्युजभित्तो/३१ भाद्र २०८२, मंगलवार १६:११ 
  • काठमाडौँ, ३१ भदौ । जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका तर्फबाट तीन बुँदे दृष्टिकोण सार्वजनिक गरिएको हो ।

    संस्थाले जारी गरेको तीन बुँदे दृष्टिकोणमा युवाको सक्रियता, शान्तिपूर्ण अभिव्यक्ति र एकताको आवश्यकतामा जोड दिइएको छ ।

    विज्ञप्तिमा पहिलो बुँदामा राष्ट्र निर्माणमा युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गरिएको छ । दोस्रो बुँदामा शान्तिपूर्ण अभिव्यक्ति र आन्दोलनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्वीकार गरिएको छ भने तेस्रो बुँदामा विपत्ति र सङ्कटको समयमा एकताबद्ध भएर मात्र देशले नयाँ बाटो खोज्न सक्ने उल्लेख गरिएको छ ।

    संस्थाले हालको राजनीतिक परिस्थिति प्रतिहिंसात्मक नभई संवाद, सहकार्य र सहानुभूतिपूर्ण ढङ्गले समाधान खोज्नुपर्नेमा जोड दिएको छ । संस्थाले समग्र नेपाल र नेपालीको बृहत्तर हितका लागि आग्रह–पूर्वाग्रह छाडेर मुलुकको पुनर्निर्माणमा योगदान गर्न सबैलाई आह्वान समेत गरेको छ ।

    यस्तै विज्ञप्तिमा हाल देखिएका आगजनी, सम्पत्ति ध्वंस, विश्वासघाती हस्तक्षेप र जनधनको क्षति जस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अमानवीय कार्यलाई केवल निन्दनीय मात्र नभई मानवता र सभ्य समाजमाथिको आक्रमणको संज्ञा दिँदै, यसले देशको सामाजिक सद्भाव, शान्ति र एकतालाई अपूरणीय क्षति पुर्‍याएको भन्दै गहिरो दुःख प्रकट गरिएको छ ।

    hami nepal press

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.