समाज
काठमाडौँ, १ असोज । जेनजी प्रदर्शनमा पोखरामा प्रहरी उपरीक्षक(एसपी) को बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक...
काठमाडौँ, १ असोज । कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् । जलेको अवस्थामा उनको अस्थिपञ्जरमात्र भेटिएको...
खोटाङ, १ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका...
दमौली (तनहुँ), १ असोज । ‘जेनजी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नयाँ नागरिकता र प्रतिलिपि दिने काम सुरु हुने जनाएको छ । जेनजीको प्रदर्शनका क्रममा कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट...
चितवन, १ असोजः जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको...
दोधारा चाँदनी (कञ्चनपुर), १ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आउनुभएको थियो । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उहाँले पुनःरोजगारीका लागि दुबई जाने निधो गर्नुभयो । यसका लागि टिकट समेत तय...
बागमती, १ असोज । जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन् । आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो । उपमहानगरपालिकाको राजस्व सङ्कलन, नक्सा पास, सिफारिस,...
अछाम, १ असोज । अछामको साँफेबगर नगरपालिका-४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो। १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको...
काठमाडौँ, १ असोज । प्रहरीले मोरङ र काभ्रेका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका-२ बाट प्रहरीले मंगलबार दिउँसो ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङका २० वर्षीय सुन्दर शेर्पा र...
धनुषा, १ असोज । प्रहरीले धनुषाको विदेह नगरपालिका-३, जोगियाराबाट ४ सय ७५ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको...












