समाज

दूग्ध उत्पादन किसानलाई अनुदान
-न्युजभित्तो

गलकोट (बागलुङ), ३१ भदौ । किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१र८२ मा बागलुङका...

जेनजी प्रदर्शनले चितवनमा सरकारी र निजी संरचनामा व्यापक क्षति
-न्युजभित्तो

चितवन, ३० भदौ । जेनजी प्रर्दशनका क्रममा चितवनका ७९ सरकारी संरचना तथा १६ वटा निजी घरमा क्षति भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार बिहान पत्रकार सम्मेलन गरी क्षतिको जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला प्रशासन...

महान्यायाधिवक्ता भण्डारीदुरा शपथ ग्रहण
-न्युजभित्तो

काठमाडौँ, ३० भदौः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र...

अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण
-न्युजभित्तो

काठमाडौँ, ३० भदौक । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा...

जितिया पर्वको व्रत समापन
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), ३० भदौक । महिलाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । यो पर्वमा महिलाहरुले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’...

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय
-न्युजभित्तो

काठमाडौँ, ३० भदौक । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गर्नुभएको हो । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय...

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको...

कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा
-न्युजभित्तो

म्याग्दी, ३० भदौ । म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले...

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ
-न्युजभित्तो

काठमाडौँ, ३० भदौक । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति...

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता
-न्युजभित्तो

कञ्चनपुर, ३० भदौ । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार  फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।  कारागारमा रहेका २८ जना भारतीय...