समाज

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
-न्युजभित्तो

अर्घाखाँची, २ चैत । डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन...

वन जोगाउन भोजपुरमा डढेलो नियन्त्रण अभियान सञ्चालन
-न्युजभित्तो

भोजपुर, २ चैत । वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सप्ताहव्यापी वन डढेलो व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । जिल्लामा प्रत्येक वर्ष सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्ने भएकाले सम्भावित जोखिम क्षेत्रलाई मध्यनजर गर्दै डिभिजन वन...

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा
-न्युजभित्तो

कञ्चनपुर, २ चैत । व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो । नगरपालिकाका...

प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन
-न्युजभित्तो

इनरुवा(सुनसरी), २ चैत । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको...

जुम्लामा ३३० हेक्टरमा डढेलोबाट वन क्षति
-न्युजभित्तो

जुम्ला, २ चैत । जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर...

रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
-न्युजभित्तो

देवदह (रुपन्देही), २ चैत । जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो । जिल्लाका विभिन्न स्थानमा चेक...

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
-न्युजभित्तो

चितवन, २ चैत । यहाँको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ । भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरिएको हो ।...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-न्युजभित्तो

गाईघाट (उदयपुर), १ चैत । बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने...

राष्ट्रिय सुरक्षा तालिम सुरु
-न्युजभित्तो

काठमाडौँ, १ चैत । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी...

सिमकोटमा खानेपानीको अभाव
-न्युजभित्तो

हुम्ला, १ चैत । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर...