सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा


  •    न्युजभित्तो/२ चैत्र २०८२, सोमबार ११:१६ 
  • कञ्चनपुर, २ चैत । व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो ।

    नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराइनेछ । किसानलाई कूल रु १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने छन् ।

    किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउन नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ । यस कार्यक्रमबाट केरा खेतीमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

    हाल कृष्णपुर नगरपालिकामा व्यावसायिक रूपमा करिब ३५ भन्दा बढी किसान केरा खेतीमा संलग्न रहेका छन् । नगरपालिकाको विभिन्न क्षेत्रमा करिब ५५ हेक्टरभन्दा बढी जमिनमा केराखेती हुँदै आएको कृषि शाखा प्रमुख धामीले बताउनुभयो । अनुदानमा केराका बिरुवा वितरणका लागि नगरपालिकाले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    निवेदनका साथ केराका बिरुवाको सङ्ख्या, केराको जात, किसान समूह वा सहकारीको दर्ता प्रमाणपत्रको प्रतिलिपि, खेती गर्ने जमिनको क्षेत्रफल खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने सर्त राखिएको छ । एलानी जग्गामा खेती गर्ने भए भोगचलन प्रमाण र भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले यस कार्यक्रममार्फत स्थानीयस्तरमा केरा उत्पादन वृद्धि गर्दै किसानको आम्दानी बढाउने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.