सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन


  •    न्युजभित्तो/२ चैत्र २०८२, सोमबार ११:१५ 
  • इनरुवा(सुनसरी), २ चैत । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ ।

    पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उहाँले बताउनुभयो । इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिनुभयो ।

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ, उपभोक्तासहितको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई ग्यासको अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन र खरिदबिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ ।

    सुनसरी प्रशासनको निर्देशन उलङ्घन गरेको खण्डमा कानुन अनुसार कारबाही हुने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.