सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन जोगाउन भोजपुरमा डढेलो नियन्त्रण अभियान सञ्चालन


  •    न्युजभित्तो/२ चैत्र २०८२, सोमबार ११:१८ 
  • भोजपुर, २ चैत । वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सप्ताहव्यापी वन डढेलो व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । जिल्लामा प्रत्येक वर्ष सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्ने भएकाले सम्भावित जोखिम क्षेत्रलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालयले अभियान सुरु गरेको हो ।

    अभियानअन्तर्गत जनस्तरसम्म वन डढेलोका कारण, त्यसबाट हुने क्षति र रोकथामका उपायबारे जानकारी दिने कार्यक्रम सञ्चालन गरिएको छ । यस क्रममा जनचेतनामूलक सामग्री वितरण, सञ्चार माध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने लगायतका गतिविधिलाई तीव्र पारिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्थानीय नागरिकको सहभागितामा प्रभातफेरी, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । “वन डढेलो नियन्त्रण तथा रोकथामका लागि चैत १ गतेदेखि सप्ताहव्यापी अभियान सञ्चालन गरेका छौँ,” प्रमुख मियाँले भन्नुभयो, “यस अभियानमार्फत जनस्तरसम्म सचेतना फैलाउने, वन क्षेत्रमा हुने लापरबाही कम गर्ने र डढेलोका घटनालाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।”

    अभियानका क्रममा अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न स्थानमा वन डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक सन्देशसहितका होर्डिङ बोर्ड राखिएको वन कार्यालयले जनाएको छ । त्यस्तै अन्य स्थानीय तहका मुख्य सडक तथा वन क्षेत्र नजिकका स्थानमा पनि सचेतनामूलक सूचना राख्ने तयारी गरिएको छ ।
    सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वन क्षेत्रमा अग्नि रेखा निर्माण गर्ने, झाडी सफा गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती गर्ने र वन हेरालुमार्फत वनको निगरानी बढाउने कामसमेत भइरहेको छ । डढेलो फैलन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँ विशेष सतर्कता अपनाइएको कार्यालयले जनाएको छ ।

    मुख्य रूपमा पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका, अरुण गाउँपालिका, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाको तल्लो भेग डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ ।

    ती क्षेत्रमा वन क्षेत्र घना हुनुका साथै सुख्खा मौसममा घाँसपात तथा झाडी सुक्ने भएकाले डढेलो फैलने सम्भावना बढी रहने वन कार्यालयको भनाइ छ । त्यसैले ती क्षेत्रहरूमा निगरानी बढाइएको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारीसमेत गरिएको छ ।

    वन क्षेत्रमा हुने डढेलोले वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जैविक विविधता, वातावरण र मानव बस्तीमासमेत ठूलो असर पार्ने भएकाले सबै नागरिकलाई सचेत रहन वन कार्यालयले आग्रह गरेको छ । विशेषगरी वन क्षेत्रमा घाँसपात जलाउने, चुरोट वा आगलागीजन्य पदार्थ लापरवाहीपूर्वक फाल्ने जस्ता गतिविधि नगर्न तथा डढेलो लागेको जानकारी भएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ ।

    वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक हुने भएकाले जनस्तरमै सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने जानकारहरुको भनाइ छ । यहाँ ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सप्ताहव्यापी अभियान सुरु भएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.