समाज

रसुवागढी नाकाबाट १०हजार सिलिण्डर आयात
-न्युजभित्तो

रसुवा, ३० जेठ । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी...

कचनकबलको सर्पदंश उपचार केन्द्रले पायो अनुमति
-न्युजभित्तो

झापा, ३० जेठ  । स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । दक्षिण...

विपद् क्षति न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार गरिने
-न्युजभित्तो

गण्डकी, ३० जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय गर्नुभएको छ । शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले मनसुन शुरु...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
-न्युजभित्तो

वालिङ, ३० जेठ । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब...

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
-न्युजभित्तो

उदयपुर, ३० जेठ । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८...

पाँचथरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या
-न्युजभित्तो

पाँचथर, ३० जेठ । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३० जेठ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २...

चेपाङ वस्तीमा खाद्यान्न सहयोग
-न्युजभित्तो

भरतपुर, २९ जेठ । अनिकालको चेपेटामा रहेका कालिका नगरपालिका वडा नं. १० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु...

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती
-न्युजभित्तो

कर्णाली, २९ जेठ । राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त...

अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा
-न्युजभित्तो

चितवन, २९ जेठ । चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उहाँको दिनचर्या...