भरतपुर, २९ जेठ । अनिकालको चेपेटामा रहेका कालिका नगरपालिका वडा नं. १० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु हुन लागेको समाचार प्रकाशन भएपछि ग्रिन सोसाइटी नेपालले खाद्यान्न वितरणमा संयोजन गरेको थियो ।
छेरवाङ, सुन्दराङ, भामवाङ, आहाल डाँडा, पूर्वेली टोल, तामाङ टोल लगायतका स्थानीयलाई सो खाद्यान्न सहयोग गरिएको हो । सहयोगबाट १ सय ३० परिवार लाभान्वित बनेको सौराहाका पर्यटन व्यवसायी श्रीलाल परियारले बताए । उनका अनुसार हरेक परिवारलाई १ बोरा चामल, नुन–सोयाविन एक एक केजी, तेल एक लिटरका दरले बाँडिएको थियो । “खाद्यान्न अभाव झेलिरहेका चेपाङ वस्तीमा सहयोग गर्न पाउँदा खुशी लागेको छ”, पर्यटन व्यवसायी परियारले भने, “जर्मन, हल्याण्डका साथीले गरेको सहयोग वितरण गरेका हौँ ।” सौराहामा होटल पार्कसाइड सञ्चालन गरेका परियार सामाजिक कार्यमा सक्रिय छन् । उनी फाउण्डेसनका संयोजक समेत हुन् । “साउन अन्त्यमा बल्ल मकै फल्ने भएकाले तत्कालको खाद्यान्न अभाव हटाउन सहयोग गरिएको हो”, उनले भने, “दुःखमा परेकालाई सबैले सहयोग गर्नुपर्छ ।”
खाद्यान्न खरिदका लागि विदेशी नागरिकले रिक्की, टियोस्, एजेले व्यक्तिगत रुपमै १ लाख ४० हजार रुपैयाँ सहयोग गरेका थिए । चेपाङवस्तीमा खाद्यान्न संकट निवारणका लागि श्रीलाल परियारले विदेशमा रहेका दाताहरुसँग समन्वय गरेका थिए । करिब २ लाख ७० हजार बराबरको खाद्यान्न वितरण भएको छ । छेरवाङमा खाद्यान्न वितरण कार्यक्रममा सहभागी भएका भामवाङका ६६ वर्षिय बलबहादुर चेपाङले एक महिनालाई खाद्यान्नको पीरलो हटेको बताए । “गिट्ठा भ्याकुर पनि जंगलमा भेट्नै गाह्रो भैसकेको थियो”, उनले भने, “चामलको भात खाने रहर पुरा भएको छ ।” गामबेसी संरक्षण केन्द्रका अध्यक्ष तथा चेपाङ अभियान्ता केपीकिरण शर्माले कालिका–१० मा रहेका ५ सय ८७ घरधुरीमै खाद्यान्न सहयोग उपलब्ध गराउन दाताहरुसँग समन्वय भैरहेको बताए ।