समाज
धरान, २७ साउन । जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१...
डोटी, २७ साउन । कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पतालमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले...
बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन...
काठमाडौँ, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु एक सय अङ्कित दरका कम्पनीको...
पर्वत, २७ साउन । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैधरुपमा उत्खनन गरी निकालिएको बालुवा र गिट्टी लिलाम गर्ने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालीगण्डकी नदीको बगरबाट अवैधरूपमा उत्खनन भएको बालुवा सो गाउँपालिकाले जफत गरी लिलाम गर्ने भएको...
कञ्चनपुर, २७ साउन । किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ ।किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन...
काठमाडौँ, २७ साउन । मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका...
काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको...
चितवन, २७ साउन । विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा हुनुहुन्छ । प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उहाँको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी...
कर्णाली, २७ साउन । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको...













