सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगर सुरक्षा योजना तयार


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार १०:५९ 
  • चितवन, २७ साउन । विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा हुनुहुन्छ ।
    प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उहाँको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उहाँको जोड छ । विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट अनुगमन गर्ने गरी भरतपुर महानगरको सुरक्षा योजना तयार गरिएको छ । घटना भएको दुई–चार मिनेटमा नै प्रहरी पुग्ने गरी अधिकारीले अवधारणा तयार गर्नुभएको छ ।
    महानगर क्षेत्रमा हुने अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका साथै जिउ, धन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि अवधारण तयार गरिएको अधिकारी बताउनुहुन्छ । चुस्तदुरुस्त सुरक्षा योजनामा सिसीटिभी जडान, सिआरभी र क्यूआरटी टोली परिचालन रहेका छन् । अधिकारीका अनुसार महानगरका विभिन्न ९१ स्थानमा १६० वटा सिसीटिभी जडान गर्ने योजना अवधारणमा रहेको छ । तीमध्ये मर्मत गरेर ३७ वटा सञ्चालनमा ल्याइँदै छ । अन्य १२६ वटा नयाँ थप गर्नुपर्ने हुन्छ । थप गर्नुपर्नेमध्ये १०८ वटा सामान्य र १५ वटा अत्याधुनिक प्रविधिका रहेका छन् । सिसीटिभी जडानले महानगर क्षेत्रभित्र हुने अपराध नियन्त्रणसँगै अनुसन्धानमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
    यससँगै शहरी क्षेत्रमा निजी क्षेत्रले आफ्नो प्रयोजनका लागि जडान गरेका सिसी क्यामेरामा एउटा क्यामेरा सडकतर्फ फर्काएर राख्न अनुरोध गर्ने योजना रहेको छ । यसबाट पुलचोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्ग र बाइपास सडकमा ३०० भन्दा बढी क्यामेरा सडकतर्फ फर्काउन सकिने छ । यसबाट अपराध नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अधिकारी बताउनुहुन्छ । प्रहरीको कन्ट्रोल कक्षबाट सञ्चालनमा आउने गरी महानगरका नौ स्थानमा सिआरभी टोली परिचालन गरिने छ । टोलीलाई २४सै घण्टा परिचालन गर्न सकिने छ ।
    यसका लागि आवश्यकतानुसार जनशक्ति र स्थान परिवर्तन गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसले उच्छृङ्खल तथा कानूनविपरीतका गतिविधि नियन्त्रण र विपद् उद्धार कार्यमा सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ । महानगरभित्रका साँघुरा सडकमा हुने भीडभाड नियन्त्रण र छिटो प्रहरी पहुँच तथा गोप्य सूचना प्राप्तिका लागि महानगर क्षेत्रभित्र रहेका १२ वटा प्रहरी चौकी तथा पोष्टमा क्यूआरटी टोली परिचालन गर्ने योजनामा कार्यालय रहेको छ । सो कार्यका लागि १४ वटा मोटरसाइकल आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ । यसका लागि आवश्यक जनशक्ति प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयसँग अनुरोध गर्ने अधिकारीले बताउनुभयो ।
    कार्यालयले तयार गरेको अवधारणापत्रमा सिसीटिभी जडानका लागि रु ५२ लाख ४० हजार, सिआरभी परिचालनका लागि नौवटा गाडी खरिद गर्न रु चार करोड पाँच लाख तथा क्यूआरटी परिचालनका लागि १४ वटा मोटरसाइकल खरिद गर्न रु ३६ लाख ४० हजार बराबरको बजेट महानगरमा प्रस्ताव गरिएको छ । अधिकारीले भन्नुभयो, “यी स्रोतसाधन प्राप्त हुनसकेमा विकसित मुलुकको झैँ सुरक्षा व्यवस्था गर्न हामी सक्छौँ ।” भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्रको सुरक्षा व्यवस्था राम्रो बनाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो । यस योजनामा प्रस्ताव गरिएका अवधारणालाई क्रमशः पूर्णता दिँदै लगिने उहाँको भनाइ छ । सुरुमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुपर्ने भन्दै उहाँले नपुग भएका ठाउँमा थप गर्दै लगिने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.