समाज
लहान, ४ भदौ । तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीमा निर्माणाधीन अधिकांश पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहँुदा सर्वसाधारण हिलाम्मे सडकमा...
डोटी, ४ भदौ । गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा...
लहान, ४ भदौ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । इलाका प्रहरी...
काठमाडौं,४ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताएका छन् । यो प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको भन्दै उनले कर्णाली प्रदेशको विकास बीना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने बताए । सोहीकारण त्यसतर्फ लगानी...
सिन्धुपाल्चोक, ४ भदौ । पाँचपोखरी थाङपाल गाउँपालिका– ३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले ७८ मिटर लामो सो पुलको विहीबार शुभारम्भ गर्दै...
भरतपुर, ४ भदौं । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् खम्बा प्रयोगवापत राजस्व सङ्कलन गर्न थालेको छ । राजस्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाखभन्दा बढी सङ्कलन भएको...
डोटी, ४ भदौ । निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु...
कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले यस अवसरमा आज कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो...
कर्णाली, ४ भदौ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार...
कञ्चनपुर, ४ भदौ । बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो । एक वर्षदेखि कोभिड प्रभावित...














