समाज

पेट्रोलियम पदार्थ उत्खनन्मा चासो दिन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौं,६ भदौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ ।उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने...

नेपालमा थप १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,६ भदौ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...

चितवनमा आज १३३ संक्रमित थपिए, २ को मृत्‍यु,
-न्युजभित्तो

चितवन, ६ भदौं । चितवनमा पछिल्लो चौबिस घण्टामा १३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २३,९६५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्‍यु भएको...

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित भएको भन्दै स्थानीयवासीले विरोधमा
-न्युजभित्तो

झापा, ६ भदौ । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी...

कुमारी बैंकको कोरोना महामारी नियन्त्रण कोषलाई ५० हजार सहयोग
-न्युजभित्तो

काठमाडौं, ६ भदौ । कुमारी बैंक लिमिटेडले दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले कोभिड महामारीको रोकथामका निमित्त नियन्त्रण अभियान कोषलाई ५० हजार सहयोग गरेको हो । बैंकले कोरोनाको प्रकोपलाई फैलन नदिने,...

कुमारी बैंकको तीन नयाँ शाखा संचालनमा
-न्युजभित्तो

काठमाडौं, ६ भदौ । कुमारी बैंक लिमिटेडले ३ नयाँ शाखा विस्तार छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा विस्तार गरेको...

सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङः असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च
-न्युजभित्तो

सर्लाही, ६ भदौ । जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि...

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ भदौ । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय...

कलुवापुर– बेलौरी सडक निर्माणकार्यको प्रगति ८० प्रतिशत
-न्युजभित्तो

कञ्चनपुर, ६ भदौ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत...

भिडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले...