सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कलुवापुर– बेलौरी सडक निर्माणकार्यको प्रगति ८० प्रतिशत


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार १४:४४ 
  • कञ्चनपुर, ६ भदौ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत सीमा क्षेत्रदेखि चाँनदेउसम्मको १४ किलोमिटर र चाँनदेउदेखि कलुवापुरसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर क्षेत्रमा कालोपत्रको कार्य भइरहेको छ ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख दीपकसिंह नेगीका अनुसार हालसम्म जम्मा ११ किलोमिटर सडकमा कालोपत्रकार्य सम्पन्न भएको छ । सडकको बाँकी भागमा कालोपत्र गर्नेकार्य भइरहेको छ । आव २०७२÷७३ मा सन्तोषी थेगिम जेभीसँग रु १८ करोड २० लाखको लागतमा सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कालोपत्र गर्ने कार्यमा विलम्ब गर्दा कार्य सुस्त हँुदै आएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौंडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्यका लागि बेस राख्ने कार्य पूरा भएको छ । “निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदन पेश नगर्दासम्म सडक कालोपत्र गर्ने कार्यअगाडि बढाउन दिएको छैन”, कार्यालय प्रमुख नेगीले भन्नुभयो, “प्रतिवेदन तयार गरी पेश गर्नका लागि कार्य अगाडि बढेको छ ।” पुरानै सडकको मौजुदा संरचनाको स्तरोन्नति गरेर लैजाँदा निकुञ्जले अवरोध गरेको हो ।

    जिल्लाको पुरानो सदरमुकाम बेलौरी हँुदादेखि नै पाँच दशकअघिदेखि चलनचल्तीको सडकका रुपमा यो सडक रहेको छ । विसं २०१९ मा बेलौरीदेखि महेन्द्रनगर सदरमुकाम सारिएको थियो । बेलौरी सदरमुकाम हुँदा सञ्चालनमा आएको उक्त सडक कालोपत्र निर्माण अहिलेसम्म पूरा हुन पाएको छैन ।

    प्रमुख नेगीले सडक डिभिजन कार्यालयबाट हस्तान्तरण भएर आएपछि सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलला चौधरी सडक कालोपत्र गर्ने कार्यलाई जति सक्दो छिटो सम्पन्न गर्नुपर्ने बताउनुहुन्छ ।

    “विगतको तुलनामा सडक कालोपत्र गर्ने कार्य सन्तोषजनक रुपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “निकुञ्जको अवरोधबारे प्रदेश सरकारलाई अवगत गराइसकेका छौँं, सडक निर्माणसँगै बेलौरी बजार क्षेत्रमा नाली निर्माण गरिनुपर्छ भनेका छौं ।” सडक कालोपत्र भएमा छोटी भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत वृद्धि हुने बताइएको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.