समाज

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा
-न्युजभित्तो

पोखरा, १३ असोज । कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको छ । नेपाल सरकारले झन्डै १८ महिनादेखिको बन्दाबन्दीबीचमा केही...

आगलागीमा परेको दोभान बजारको मुहार फेरिँदै
-न्युजभित्तो

फुङ्लिङ, १३ असोज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो...

नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक...

चट्याङ लागेर ४१ वर्षीय चौधरीको मृत्यु
-न्युजभित्तो

बर्दिया, १३ असोज । यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी...

तनहुँमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
-न्युजभित्तो

दमौली,१३ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज (बुधबार)बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको...

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद
-न्युजभित्तो

दार्चुला, १३ असोज । सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत वर्षबाट अवरुद्व बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा...

पहिराले अवरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो
-न्युजभित्तो

बलेवा, १३ असोज । पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो । गत असार १ गते खसेको पहिराका...

सन्दर्भ विश्व मुटु दिवस : गाउँ पस्यो मुटुरोग
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १३ असोज । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि...

चितवनका आदीवासी भूमिपुत्र थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’
-न्युजभित्तो

चितवन,१३ असोज । चितवनका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै,...

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप
-न्युजभित्तो

बैतडी, १३ असोज । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह...