सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १०:४३ 
  • बैतडी, १३ असोज । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ ।

    कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियोे । उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते पहिलोपटक अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धानको काम नसकिएकाले दोस्रोपटक अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए ।

    मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो । घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ धण्टा नबित्दै पक्राउ गरेको थियो । असोज ६ गते मदिरा सेवन गरी फलामको रड प्रयोग गरी कमलसिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

    आरोपितमध्येका एकजनाले आफूले रड प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयानसमेत दिएको प्रहरीले जनाएको छ । घटनामा एकै जनाको संलग्नता हो कि अरुको पनि संलग्नता थियो भन्नेबारे प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको हो । पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.