सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य


  •    न्युजभित्तो/७ कार्तिक २०७८, आईतवार १४:५५ 
  • बागलुङ, ७ कात्तिक । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ ।

    अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट देखिएको छैन । कमिटिमा ३३ प्रतिशत भन्दाबढी महिलाको सहभागिता रहेको दाबी गरिएपनि मूल नेतृत्वमा पुरुष मात्र चुनिएका हुन् । जिल्लाका ८५ वडामध्ये एउटामा पनि महिला नेतृत्व चुनिन नसक्नु समावेशी सिद्धान्त विपरीत भएको कतिपयको ठहर छ ।

    एमालेका महिला नेता, कार्यकर्ता पनि त्यसप्रति असन्तुष्ट छन् । एमाले निकट अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सावित्रा रानाले आफूहरु निर्णायक ठाउँमा हुँदाहुँदै पनि महिलालाई नेतृत्वमा उभ्याउन नसकिएको स्वीकार गर्नुभयो । “झट्ट हेर्दा महिलाहरु नेतृत्वमा नआएजस्तो देखिएपनि वडा किमिटिमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता भएको छ”, उहाँले भन्नुभयो, “आफ्नो योग्यता, क्षमता बढाउँदै नेतृत्व विकास गरेर अघि आउने वातावरण महिलालाई बनेको छ ।”

    गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका रानाले पहिलेदेखि नै जकडिएको संरचनाका कारण राजनीतिको अग्रभागमा पुरुष देखिने गरेको बताउनुभयो । समावेशिताको आवाज उठ्न थालेपछि पहिलेको तुलनामा राजनीतिमा महिलाको सहभागिता बढेको उहाँको भनाइ छ । “हामीले अपेक्षा गरेझैँ त भएको छैन, तर केही उपलब्धि चाहिँ पक्कै भएका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ”, उहाँले भन्नुभयो, “नेतृत्वदायी भूमिकामा आउन नसक्नुलाई महिलाको असक्षमतासँग जोडेर हेर्न मिल्दैन ।”

    पार्टीमा लामो समय योगदान गरेका पुरष नेतामाथि अन्याय हुने ठानेर पनि कतिपय महिला नेतृत्वमा आउन हिच्किचाउने गरेका छन् । समावेशिताका नाममा महिलालाई नेतृत्वमा ल्याउँदा पुरुषलाई अन्याय हुन्छ की रु भन्ने दयापूर्ण मनोदशा पनि बेलाबेला राजनीतिमा देखा पर्छ । प्रदेशसभा सदस्य रानाले अहिलको वडा अधिवेशनमा महिलाहरु पनि नेतृत्वका हकदार हुन् र उनीहरु सक्षम छन् भन्ने परिदृश्य देखिएको बताउनुभयो । एमाले जिल्ला सचिव विष्णु भुसालले अध्यक्षमै नआएपनि पदाधिकारीसहित किमिटिमा महिलाहरुको राम्रो उपस्थिति रहेको बताउनुभयो । “वडा कमिटिमा ३३ प्रतिशतभन्दा बढी नै महिलाहरु चुनिनुभएको छ, यसलाई राम्रो उपलब्धि मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

    योगदान, क्रियाशीलता, समय व्यवस्थापन आदि कारणले नेतृत्वमा पुरुषको अग्रसरता बढी देखिनु स्वभाविक रहेको सचिव भुसालले बताउनुभयो । वडा तहमा बसेर पार्टी काममा क्रियाशील हुने महिलाहरुको संख्या न्यून भएको स्थितिमा अहिले देखिएको सहभागितालाई सकारात्मक रुपमा लिनुपर्ने उहाँको तर्क छ । “नेतृत्वमा महिला आउन असक्षम हुनुहुन्छ भन्ने होइन, यही प्रक्रियाबाट महिला अघि आउने वातावरण बन्छ, पार्टीले त्यसका लागि उपयुक्त भूमिका खेल्छ”, उहाँले भन्नुभयो । सचिव भुसालले समावेशी सिद्धान्तलाई आत्मसाथ गरेर पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    शनिबार देशभर एकैसाथ एमालेको वडा अधिवेशन शुरु भएको थियो । जसअन्तर्गत यहाँका ७१ वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । बाँकी रहेका १४ वडामा आजदेखि अधिवेशनको प्रकृया आरम्भ भएको एमाले जिल्ला कमिटिले जनाएको छ । महाधिवेशनपूर्व तल्ला तहमा भइरहेका भेला, अधिवेशनले एमाले वृत्तमा उत्साह थपेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.