सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए


  •    न्युजभित्तो/७ कार्तिक २०७८, आईतवार १४:०७ 
  • महेन्द्रनगर, ७ कात्तिक । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ ।

    भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिनुभयो ।

    “पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो”, संयोजक गोर्खालीले भन्नुभयो, “पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दैछौँ ।”

    उहाँले पहिलो चरणमा पीडित बस्तीका अतिविपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिनुभयो । प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई रु ३५ हजार बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ ।

    एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ । यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधव जोशीले दोधाँरा–चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।

    “वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ”, उहाँले भन्नुभयो, “आजैदेखि राहत वितरण सुरु हुन्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.