सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानमा गवाँरोे र मकैमा फौजीकिरा


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १३:१४ 
  • चितवन, ११ वैशाख । चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ । पूर्वी चितवनको खैरहनी र भरतपुर महानगरपालिकामा लगाइएको धानमा गवाँरोेको समस्या देखिएको हो ।

    जिल्ला कृषि विकास कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार पुतली वर्गको किरा भएकाले वयस्क अवस्थामा विभिन्न प्रकारका पुतलीको रुपमा देखिने गर्दछ । यिनीहरु बिरुवाको डाँठभित्र रहने हुँदा लार्भाले गुवो खाई नोक्सान पु¥याउने गर्छन् । धानमा लार्भाले डाँठमा प्वाल परेर गुवो खाने गर्छन् । सुरुआतको अवस्थामा गुवो तान्दा सजिलै आउँछ । पछिल्लो चरणमा गवाँरोले गुवो खाँदा सेतो बाला वा फोस्रो बाला देखिने उहाँले बताउनुभयो ।

    यसबाट वालिलाई बचाउनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुनेगरी काट्ने, ठूटा डुब्नेगरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेमी चुँडेर नष्ट गर्ने, माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्रजीवको संरक्षण गर्नेजस्ता काम गर्न आवश्यक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । यस्तै प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने, धानखेतको आलीमा भटमास लगाउनेजस्ता काम गरे राम्रो हुने उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा यस वर्ष नौ हजार १९३ हेक्टरलमा चैते धान लगाइएको छ । उहाँले पौडेलले भन्नुभयो, “धान रोपेको सुरुआती अवस्थामा नै गवाँरोले आक्रमण गरेपछि उत्पादन घट्न सक्छ । किसानले प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।”

    यस्तै जिल्लामा लगाइएको हिउँदे मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखिएको छ । भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिका क्षेत्रमा लगाइएको मकैमा यो किराको सङ्क्रमण देखिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । यो किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर किरा हो । यसले सुरुआतमा मकैको पात खान्छ । उहाँका अनुसार लार्भा आफैँले बनाएको रेसा र हावाको मद्दतले अन्य बोटमा फैलिने गर्दछ । कलिलो अवस्थामा मकैको गुभोभित्र पसेर खाने गर्दछ । बोट बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।

    बिरुवा हुर्कदै जाँदा मकैको धान चमरा, जुङ्गा र घोगामा समेत यसले नोक्सान गर्छ । यसको रोकथामका लागि मकै उम्रेदेखि नियमित अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आकलन गर्ने, मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने, एउटा पकेट क्षेत्रमा एकै समयमा मकै रोप्ने तथा समस्या देखिएमा प्राविधिकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्छ । जिल्लामा १७ हजार ८३३ हेक्टरमा मकैखेती गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
    अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
    • देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल
    • धानमा गवाँरोे र मकैमा फौजीकिरा
    • अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    • लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.