सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई


  •    न्युजभित्तो/१२ बैशाख २०८३, शनिबार १०:०२ 
  • चितवन, १२ वैशाख । नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. रेवन्तकुमार भट्टराई चयन हुनु भएको छ । मञ्चको शुक्रबार दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न १७ औं साधारण सभा तथा १० औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको निवर्तमान अध्यक्ष रघुनाथ भट्ट, बरिष्ठ उपाध्यक्ष कृष्णहरी लोहनी, प्रथम उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, द्वितीय उपाध्यक्ष रामकुमार चौहान, महासचिव डा. विष्णुहरी शर्मा, सचिव कपिलबाबु खनाल, कोषाध्यक्ष हरिकृष्ण खनाल रहनु भएको छ ।

    यसैगरी समितिको बरिष्ठ सदस्यमा विनोद पोखरेल, महेश्वर पोखरेल, वीरबहादुर गुरुङ हुनुहुन्छ । कर्पाेरेट सदस्यमा शिव पौडेल र सदस्यहरुमा जनार्दन अधिकारी, सुरदर्शन जोशी, तुलसीप्रसाद सुवेदी र मदन चिरञ्जीवि पोखरेल रहनु भएको छ ।

    यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालले चितवनलाई पोल्ट्रीको हव बनाउनु पर्ने बताउनुभयो । उहाँले चितवनलाई पोल्ट्रीको हव बनाउने विषयमा पार्टी सभापति रवि लामिछानेसँग पनि कुराकानी भईसकेको बताउनुभयो । कर्मचारीतन्त्र जब्बर भएको भन्दै उहाँले समय समयमा झक्झक्याईरहनु पर्ने बताउनुभयो । उहाँले किसानका माग सुनुवाई हुने बताउँदै विद्यालयको दिवा खाजा कार्यक्रममा अण्डालाई अनिवार्य बनाउनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष रघुनाथ भट्ट, नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवि सुवेदी, मञ्चका पूर्व अध्यक्ष एवं निर्वाचन समितिका संयोजक ऋषिराम पौडेल, ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछाने, प्रा.डा.रेवन्त भट्टराई लगायतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.