सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन


  •    न्युजभित्तो/८ असार २०८३, सोमबार १२:३२ 
  • झापा, ८ असार । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ ।

    नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ ।

    अहिले झापा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । लागुऔषधका ओसारपसार र सेवन गरेको अभियोगमा झापामा नौ सयभन्दा बढी व्यक्ति कारागार र हिरासतमा रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार झापा कारागारमा रहेका कैदी ३७६ जना, पुर्पक्षका लागि थुनामा ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा २०८ जनाले लागुऔषधको बेचबिखन र ओसारपसार संलग्न भएको कसुर खेपिरहेका छन् ।

    लागुऔषध दुव्र्यसनको उपचारका लागि जिल्लाका ४२ वटा सुधार केन्द्रमा एक हजार २६२ भन्दा बढी व्यक्ति भर्ना र प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जना नियमित उपचारमा छन् । लागुऔषध सेवनकर्ताको यकिन तथ्याङ्क सार्वजनिक नभए पनि जिल्लामा १५ हजारभन्दा बढी रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    वार्षिक तथ्याङ्कले झापामा लागुऔषधको घटना बढिरहेको देखाएको छ । लागुऔषधजन्य अभियोगमा आर्थिक वर्ष २०७८÷०७९ मा २०० जना, २०७९÷०८० मा २०६ जना, २०८०÷०८१ मा २९७ जना, २०८१÷०८२ मा ३४५ जना र चालु आव २०८२÷०८३ को जेठसम्ममा ३५२ जना व्यक्ति पक्राउ परेका छन् ।

    जिल्लामा लागुऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका रहे तापनि भद्रपुर, बिर्तामोड र दमक पनि रहेको प्रहरीले जनाएको छ । चालु आव २०८२÷०८३ को ११ महिनाको अवधिमा सबैभन्दा बढी अभियुक्त मेचीनगरमा पक्राउ परेको पाइएको छ ।

    भारतबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेको अवस्थामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट ९२ जना, भद्रपुरबाट ७७, बिर्तामोडबाट ४५, दमकबाट ३२, अर्जुनधाराबाट १६, गौरीगंजबाट १३, कमलबाट सात, गौरादहबाट छ, बुद्धशान्तिबाट ५, कचनकवलबाट दुई र हल्दिवारीबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    लागुऔषध प्रयोगको कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या बढेको प्रहरी उपरीक्षक खड्का बताउनुहुन्छ । झापामा प्रहरीले लागुऔषधको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ ।

    लागुऔषधको सेवन र कारोवारीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तह र समुदायसँग मिलेर त्यसको प्रभावकारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षम खड्काले बताउनुभएको छ । लागुऔषधसम्बन्धी समस्या न्यूनीकरण गर्न, आयात नियन्त्रण र क्षतिको न्यूनीकरण गर्ने योजनासहित प्रहरीले अभियानको पहिलो चरणमा विद्यालयमा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    दोस्रो चरणमा लागुऔषधविरुद्धको सेचतनामूलक कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने छ भने तेस्रो चरणमा प्रहरी र स्थानीय युवाबीच मैत्रीपूर्ण खेलकुद गरिनेछ ।

    चौथो चरणमा ७१ वटा प्रहरी एकाइमार्फत समुदायस्तरीय लागुऔषध नियन्त्रण क्लब गठन गरिने भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.