सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मालिकामा बेसारको ‘ब्रान्डिङ’


  •    न्युजभित्तो/८ असार २०८३, सोमबार १०:४७ 
  • तम्घास, ८ असार । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो ।

    जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिएको हो ।

    परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी रु ४०० रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिनुभयो । सहकारीमा हाल मालिका १, २ र ३ का महिलाहरु आबद्ध छन् ।

    सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो, पिठोलगायतका खाद्यान्न पनि बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । हाल परियोजनाले मालिका गाउँपालिकामा कृषि र पशुसम्बन्धी उत्पादन र उत्पादकत्वसम्बन्धी काम गर्दै आएको परियोजना संयोजक पन्थीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.