सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन


  •    न्युजभित्तो/११ पुष २०८२, शुक्रबार १६:४२ 
  • अर्घाखाँची, ११ पुस । जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रेलगायत हिमालका साथै आसपासका गाउँ तथा खोँचका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्न थालेको हो ।

    खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्याङ्की निर्माणका लागि पानी बोक्न खच्चरको प्रयोग गरिएको छ । हिल स्टेसनमा पर्याप्त पानी नभएपछि खानेपानीको ट्याङ्की निर्माणका लागि खच्चरलाई पानी बोकाएर काम सुरु गरिएको छ । 

    पञ्चासेमा मुल रहेको खानेपानी हिल स्टेसनसम्म पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट लिफ्टिङ विधिबाट आयोजना सञ्चालन गरिएको सन्धिखर्क-७ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार मोटरबाटो नपुगेको स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चरले पानी बोकेर कामलाई तीव्रता दिइएको छ ।

    डोल्पाबाट हिँडेका सात वटा खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लागेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । “पञ्चासे मुलबाट ट्याङ्की निर्माण हुन लागेको छोर्लेकमा सात वटा खच्चरले दैनिक पाँच पटक पानी लैजान्छन् । एउटा खच्चरले एकपटकमा ७० लिटर पानी बोक्न सक्छ”, उहाँले भन्नुभयो । 

    प्रतिखच्चर दैनिक रु पाँच हजार दिने गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले जानकारी दिनुभयो । “यसरी पानी बोकाउँदा करिब एक लिटरको रु १० पर्ने गरेको छ”, उहाँले भन्नुभयो । 

    खाँचीकोट क्षेत्र पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानका रूपमा परिचित छ । हिल स्टेसनसम्म पुग्ने पूर्वाधारसहित अन्य सुविधाको पहुँच सहज बन्दै गएको यो क्षेत्र अर्घाखाँचीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको वडाध्यक्ष केसीले बताउनुभयो । हिल स्टेसनमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित बनाउन र विकास गर्न योजनाबद्ध रूपमा काम गरिरहेका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले लिएको उहाँको भनाइ छ ।

    सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँचीको पहिचानका साथै पर्यटन प्रवर्द्धनको मेरुदण्ड बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.