सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह


  •    न्युजभित्तो/११ पुष २०८२, शुक्रबार १६:१३ 
  • काठमाडौँ, ११ पुस । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न आग्रह गरेको हो ।

     “ज्येष्ठ नागरिकको सम्मानमा जोड दिन आयोग तीनै तहका सरकारलाई निर्देशन गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले भन्नुभयो, “ज्येष्ठ नागरिकको हकअधिकारको सुनिश्चितता र सम्मानका लागि आफ्नो कर्तव्य निर्वाह गर्नसमेत आयोग परिवारका सदस्य र नागरिक समाजलाई अनुरोध गर्दछ ।”

     नेपालको संविधानको धारा ४१ मा व्यवस्था गरिएको ज्येष्ठ नागरिकको हक तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनका क्रममा ज्येष्ठ नागरिक आफ्नो अधिकारकाबारेमा जानकार नहुनुका साथै उनीहरुले राज्यले प्रदान गर्ने सेवासुविधाको प्रभावकारिताको अनुभूति गर्न नपाएको देखिएको छ ।

    “राज्यबाट प्रदान गरिएका स्वास्थ्य र यातायात सेवामा प्राथमिकतालगायत सुविधाबाट ज्येष्ठ नागरिकहरु वञ्चित हुनुका साथै पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको छ”, आयोगका प्रवक्ता पोखरेलले भन्नुभयो, “कतिपय ज्येष्ठ नागरिकले पारिवारिक विखण्डन, परिवारवाट हेला एवं त्याग्नेकाम र वृद्धाश्रममा लगेर राख्ने क्रमलाई संस्थागतीकरण गर्नेजस्ता प्रवृत्तिलगायतले परिवारका सदस्यसँगै नहुँदा एक्लो महसुस गर्नु परेको र उनीहरुको सम्मान, हेरचाह र मायामा कमी आउँदा ज्येष्ठ नागरिक अधिकारको उपभोगबाट बञ्चित हुनुपरेको देखिन्छ ।” 

    हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार ३१८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत रहेको छ । जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर ० दशमलव ९२ प्रतिशत रहेकामा ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत हुनुले अन्यको तुलनामा ज्येष्ठ नागरिकहरुको वृद्धि प्रतिशत बढी देखिन्छ ।

    ज्येष्ठ नागरिकको सङ्ख्या अझ बढ्ने आकलन गर्न सकिने औसत आयुवृद्धि, मृत्युदरमा कमी र स्वास्थ्यप्रति सचेतनाका कारण ज नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको देखिएको छ । समाजको पुँजीको रुपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गरी देश र समाज लाभान्वित हुन तीनै तहका सरकारले ठोस कदम चाल्नु आवश्यक छ ।

    आज नेपालमा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ मनाइँदै छ । ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारको सुनिश्चिततामा टेवा पुगोस् भन्ने उद्देश्यले विसं २०७८ देखि नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.