banner news

यातायात कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), १५ पुस । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व सङ्कलन भएको छ ।  कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा...

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र
-न्युजभित्तो

गोदावरी (कैलाली), १५ पुस । कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका दुई पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेका हुन् ।...

नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा
-न्युजभित्तो

गण्डकी, १५ पुस । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ...

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
-न्युजभित्तो

नेपालगन्ज, १५ पुस । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् । खासगरी यहाँ रहेका तारे होटलले ‘क्रिसमस डे’ बाट लागू हुनेगरी र साना होटलले खाना तथा आवासमा छुट दिनेगरी प्याकेज...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
-न्युजभित्तो

भक्तपुर, १५ पुस । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।  लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ...

‘ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ’
-न्युजभित्तो

विराटनगर, १५ पुस । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ ।  ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई...

एफसी चितवनका अध्यक्ष सचिन ढकाल बालेनको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा
-न्युजभित्तो

चितवन, १५ पुस । फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा पर्नु भएको छ। सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत हुनुहुन्छ । युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट रास्वपाको सूचिमा पर्नुभएको...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु
-न्युजभित्तो

भोजपुर, १५ पुस । जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा...

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम
-न्युजभित्तो

गण्डकी, १५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२...

राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु
-न्युजभित्तो

काठमाडौँ, १५ पुस । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही...