सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार १४:०६ 
  • भोजपुर, १५ पुस । जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा यही पुस ११ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत भेडा–बाख्रामा एक लाख पाँच हजार डोज र बङ्गुरमा २४ हजार डोज खोप लगाउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

    “भोजपुरमा पिपिआर र स्वाइन फिभर रोगको जोखिम बढ्दै गएकाले त्यसको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरेका हौँ”, प्रमुख दाहालले भन्नुभयो, “किसानलाई सहज होस् भन्ने उद्देश्यले खोपकर्तालाई गोठगोठमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

    पिपिआर र स्वाइन फिभर जस्ता सङ्क्रामक रोगका कारण पशु मृत्यु हुने तथा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको उहाँले बताउनुभयो । रोग नियन्त्रण भएसँगै पशु उत्पादनमा वृद्धि हुने र पशुपालक किसानको आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।

    विशेषगरी ग्रामीण क्षेत्रका अधिकांश किसान भेडा–बाख्रा तथा बङ्गुरपालनमै निर्भर रहेकाले यस अभियानले उनीहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराअनुसार अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

    यसअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै पशुलाई खोप लगाउने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार यसअघि जिल्लामा गाई–भैँसीमा देखिने खोरेत रोग विरुद्धको खोप अभियान पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

    यद्यपि अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर रहे पनि पशुमा लाग्ने रोग, त्यसको लक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्दै आएको अवस्था रहेको जनाइएको छ । यसलाई मध्यनजर गर्दै खोपसँगै पशु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.