सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ’


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार १५:०६ 
  • विराटनगर, १५ पुस । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । 

    ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैँल्याउनुभयो । 

    प्रमुख कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भत्रुभयो, “ज्येष्ठ नागरिकलाई बोझ होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकासको साँचो आधार हो । घर–परिवार, समाज र राज्य–तीनै तहबाट उहाँहरुप्रति संवेदनशीलता बढाउनु जरुरी छ ।”  

    सो अवसरमा ज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

    समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर–६ का अध्यक्ष हरिश्चन सहनी (अक्षेय), ज्येष्ठ नागरिक महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.