सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार १५:२६ 
  • गोदावरी (कैलाली), १५ पुस । कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका दुई पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेका हुन् । गौरीगङ्गा–५ र ८ बालुवाटार जोड्ने कटैनी खोला तथा वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुलको काम अलपत्र परेको हो । 

    विसं २०७७ असार ३१ गते पूर्वाधार विकास कार्यालयले वाइपी कन्स्ट्रक्सन काठमाडौँसँग तीन वर्षमा सम्पन्न गर्ने गरी दुई मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो । कटैनी खोलाको पुलका लागि रु पाँच करोड २८ लाख र चौमाला खोलाको पुल निर्माणका लागि रु सात करोड २३ लाख ८० हजारको लागतमा सम्झौता गरिएको थियो । 

    ठेकेदार कम्पनीले हालसम्म कटैनी पुलका लागि रु तीन करोड ८४ लाख र चौमाला पुलका लागि रु दुई करोड ५९ लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । तीन वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अघि बढ्न नसेपछि ठेकेदार कम्पनीले म्याद थप्दै आएको जनाइएको छ । 

    पूर्वाधार विकास कार्यालयका इन्जिनियर सूर्यप्रकाश जोशीका अनुसार कटैनी खोलाको पुलका लागि २०८२ साल मङ्सिरसम्म र चौमाला पुलका लागि २०८३ साल असारसम्म म्याद थपिएको भए पनि हालसम्म निर्माण कार्यले गति लिन सकेको छैन् । चौमाला खोलामा निर्माणाधीन पुलको समयावधि बाँकी रहेको भए पनि कटैनी खोलाको पुलको समयावधि मङ्सिरमा समाप्त भएपछि ठेकेदार कम्पनीले पुनः म्याद थपका लागि पूर्वाधार विकास कार्यालयमा निवेदन दिएको जोशीको भनाइ छ । 

    पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्न स्थानीयवासीले समस्या झेल्दै आउनु परेको स्थानीय सागर थापाले बताउनुभयो । खोलामा पानी बढेपछि स्थानीयले काठको अस्थायी पुल बनाएर जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

    उक्त दुई पुल नबन्दा वर्षायाममा तीन किलोमिटर वैकल्पिक बाटो प्रयोग गरेर नगरपालिका पुग्नुपर्ने सेवाग्राहीको बाध्यता रहेको थापाले बताउनुभयो । प्रदेश सरकार र निर्माण कम्पनीको लापरबाहीले पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्नुपर्ने स्थानीयको माग छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.