banner news
काठमाडौं, १ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ । मकर सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताउनुभएको...
ढोरपाटन (बागलुङ), १ माघ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आउनुभएको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य...
महेन्द्रनगर (धनुषा), १ माघ । जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते हुनुभएको छ । आज जनकपुरधामस्थित शुभचोकमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय...
भद्रपुर (झापा), १ माघ । कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र...
काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यही माघ...
कर्णाली, १ माघ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा...
सिरहा, १ माघ । नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर...
रसुवा, १ माघ । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ...
काठमाडौँ, १ माघ । नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो । स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले...
काठमाडौँ, १ माघ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं...
















