सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १४:३८ 
  • महेन्द्रनगर (धनुषा), १ माघ । जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते हुनुभएको छ ।

    आज जनकपुरधामस्थित शुभचोकमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    ज७प २८३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

    त्यस्तै, जनकपुरधामको रामानन्द चोकमा टिपरको ठक्करबाट साइकलमा सवार एक महिला गम्भीर घाइते हुनुभएको कुवँरले बताउनुभयो । उहाँका अनुसार प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला बिहारी नगरपालिका–७ तारापट्टीकी ३० वर्षीया नितु साह गम्भीर घाइते हुनुभएको हो ।

    नितुको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला तथा भारी सवारीसाधनको अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उहाँको भनाइ छ । 

    समय र रुट निर्धारण नगरी टिपर, ट्रक, बस तथा ट्यक्टटरजस्ता सवारीसाधन व्यस्त बजार क्षेत्रमा सञ्चालन हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका प्रहरी नायब उपरीक्षक बमले बताउनुभयो ।

    “प्रहरीले स्थिति नियन्त्रणमा लिँदै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेको छ भने टिपरलाई सुरक्षित रूपमा घटनास्थलबाट हटाएर थप अनुसन्धान सुरु गरिएको छ”, प्रहरी प्रवक्ता बमले भन्न्ुभयो । प्रहरीले दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।

    व्यस्त बजार क्षेत्रमा बढी क्षमता (ओभरलोड) र तीव्र गतिमा ठूला सवारीसाधन सञ्चालन हुँदा दुर्घटना बढ्दै गएको भन्दै स्थानीयवासीले उपमहानगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.