सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १३:५२ 
  • काठमाडौँ, १ माघ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत गत भदौ २३ र २४ गते भएको विद्रोहपछि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेनशील रहेको बताउनुभयो ।

    निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने कार्य बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन गर्ने प्रणाली एकीकृत गरी सहज ढंगबाट मतदाता नामावली संकलन गर्न सफल भएको उहाँले बताउनुभयो । सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो ।

    निर्वाचन आचारसंहिता पूर्ण पालना, प्रचारप्रसार एवं मतदाता शिक्षा जनस्तरसम्म पु¥याउन सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले आयोगमा कार्यरत दक्ष जनशक्तिले यसको सकारात्मक प्रयोगलाई प्रवद्र्धन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

    आयोगले सूचनाप्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्रयाकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयपत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्म कार्य गर्दै आइरहेको छ । यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रि इनरोलमेन्ट एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्धता गरेर आयोगले मतदाता नामावली संकलन गर्ने कार्यलाई सहज र पहुँचयोग्य बनाएको छ ।

    आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर विगतदेखि नै कार्य हुँदै आएको उल्लेख गर्दै प्रविधिको तीव्र विकास र गतिसँगै यसलाई अवलम्बन गर्ने कार्यमा आयोग प्रयत्नशील रहेको बताउनुभयो ।

    स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको सकारात्मक प्रयोग बढाउँदै यसबाट हुने नकारात्मक असर घटाउनुपर्ने उल्लेख गर्दै सचिव राउतले ‘साइबर हाइजिन’का लागि यस प्रकारका तालिम फलदायी हुने बताउनुभयो ।

    तालिममा सात प्रदेश निर्वाचन कार्यालय र ७७ जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरको सहभागिता छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.