सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १३:५७ 
  • काठमाडौँ, १ माघ । नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो ।

    स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषत्र डा झविन्द्र भण्डारीले जानकारी दिनुभयो । सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उहाँले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको पहल सुरु गरिएको बताउनुभयो ।

    कार्यक्रममा विभागका व्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितले नेपालको संविधान र विभिन्न नीति, कानुनमा नागरिकका स्वास्थ्य अधिकारका बारेमा उल्लेख भए पनि त्यसको जानकारी आम नागरिकका सहज ढङ्गबाट पुग्न नसकिरहेको अवस्थामा यस किसिमको पहल आवश्यक रहेको बताउँदै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा पनि यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    अधिवक्ता रुपनारायण श्रेष्ठले विद्यमान कानुनमा भएको स्वास्थ्यसम्बन्धी प्रावधान र त्यसलाई एकीकृृत र ‘डिजिटलाइज्ड’ गराउने क्रममा भएका पहलहरुका बारेमा जानकारी दिनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य प्रणालीसम्बन्धी दशवर्षे मार्गचित्र तयार गरी कार्यानवयनमा ल्याएको छ । यसमा समग्र स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत र ‘डिजिटलाइज्ड’ गरी आम जनतालाई यसम्बन्धी सहज सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचनालाई आम जनताले सहज रुपमा उपयोग गर्नसक्ने क्षमताको विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.