सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान


  •    न्युजभित्तो/२२ श्रावण २०८३, शुक्रबार ११:५७ 
  • चितवन, २२ साउन । डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ । मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा ‘ट्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ । त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ । सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ । डिभिजन कार्यालयका अनुसार, बच्चा खोरमा परेपछि क्यामरा ट्यापिङमा एक माउ र अर्को बच्चासँगै बाहिर बसेको देखिएको थियो । त्यस ठाउँको झाडी फाँडेपछि माउ र बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर क्षेत्रमा गएको अनुमान छ । पछिल्लो समय क्याम्पस परिसरमा पनि खोर र क्यामराको व्यवस्थापन गरी नियमित अनुगमन गरिएको छ ।

    भरतपुर महानगरपालिका–११ स्थित आँपटारीमा विद्युत् ‘स्टेशन’ क्षेत्रमा केही दिन पहिले कर्मचारीले बाघ आएको सूचना दिएपछि क्यामरा जडान गरिएको छ । बाघले स्थानीयको बाख्रा खाएको थियो । बाघले बाख्रा खाएको सूचनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयका कर्मचारीकोे टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । टोलीले गरेको अनुगमनपछि कार्यालयको प्रवेशद्वार र भित्र क्यामरा जडान गरिएको छ ।

    कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले तीन वटै ठाउँमा क्यामरा जडान र खोर राख्ने काम भएको बताउनुभयो । त्यस क्षेत्रमा बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरिने व्यवस्था मिलाइएको छ ।

    यसैबीच, शारिरीक रुपमा कमजोर चितुवा र बाघले बच्चा हुर्काउने समयमा जङ्गल बाहिर जाने विज्ञहरुको भनाइ छ । जङ्गलभित्र अन्य जनावरबाट बच्चालाई आक्रमण हुन सक्ने भयले उनीहरु बाहिर गएको हुन सक्ने अनुमान छ ।

    त्यस्ता हिंस्रक जनावरलाई जङ्गलभित्र सिकार गर्न गाह्रो भएपछि मानव बस्ती नजिक आई घरपालुवा जनावरको सिकार गर्ने गरेका घटना पाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.