banner news

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा
-न्युजभित्तो

दमौली (तनहुँ), ३० पुस । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका...

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
-न्युजभित्तो

दार्चुला, ३० पुस । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२०...

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’
-न्युजभित्तो

जनकपुरधाम, ३० पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताउनुभएको छ ।  सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा  आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले आगामी फागुन २१...

माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै
-न्युजभित्तो

कञ्चनपुर, ३० पुस । माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ । ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको...

पार्टीको एकता जोगाउन सभापति देउवा लचक
-न्युजभित्तो

काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताउनुभएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन...

स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
-न्युजभित्तो

कमलामाई (सिन्धुली), ३० पुस । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय...

सुनचाँदीको मूल्य आज पनि बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ३० पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८...

लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
-न्युजभित्तो

चितवन, ३० पुस । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका...

टिपर दुर्घटनामा मृत्यु
-न्युजभित्तो

तानसेन (पाल्पा), ३० पुस । यहाँको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान...

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ३० पुस । गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले...