banner news

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई
-न्युजभित्तो

चौतारा, ४ माघ । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो । मेलम्चीले उपाधिसँगै...

कर्णालीमा एमालेले उम्मेदवार टुङ्गो लगायो
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), ४ माघ । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका...

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
-न्युजभित्तो

झापा, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । शनिवार काठमाडौँमा...

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको...

कञ्चनपुरमा महिला मतदाता बढी
-न्युजभित्तो

कञ्चनपुर, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदातको सङ्ख्या एक लाख ६० हजार ३१६ छ ।  जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर...

आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार...

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट
-न्युजभित्तो

बाजुरा, ४ माघ । जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
-न्युजभित्तो

चन्द्रपुर (रौतहट), ४ माघ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई...

चौथो मःम महोत्सव सुरु
-न्युजभित्तो

नेपालगन्ज (बाँके), ४ माघ । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ । नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले...

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम...