सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १२:४३ 
  • बाजुरा, ४ माघ । जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार विद्युत्को तार सट भई आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको छ । खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

    प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.