सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीमा एमालेले उम्मेदवार टुङ्गो लगायो


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १५:०१ 
  • काँक्रेविहार (सुर्खेत), ४ माघ । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ । 

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका नौ जिल्लाका उम्मेदवारको नाम छनोट गरेको छ । दश जिल्लाका १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत र दैलेखमा दुई÷दुईवटा निर्वाचन क्षेत्र छन् । 

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख क्षेत्र नं १ मा अम्बरबहादुर थापा, दैलेख क्षेत्र नं २ मा योगेन्द्रबहादुर शाही, सुर्खेत क्षेत्र नं १ मा जीतबहादुर राना, सुर्खेत क्षेत्र नं २ मा झकबहादुर मल्ल र डोल्पामा धनबहादुर बुढा उम्मेदवार छनोट गरिएको हो । 

    हुम्लामा डा दिपेन्द्र रोकाय, कालीकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्तिबहादुर बस्नेत, मुगुमा चन्द्रबहादुर शाहीको नाम टुङ्गो लागेको छ भने सल्यानमा बाँकी रहेको उहाँले जानकाी दिनुभयो ।

    त्यस्तै एमालले कर्णालीका १० जिल्लामा उम्मेदवारको छनोट गरिसकेको छ । सल्यानमा गुलाबजङ्ग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत क्षेत्र नं १ मा ध्रव शाही, क्षेत्र नं २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्ग रोकाया, दैलेख क्षेत्र नं १ मा रवीन्द्रराज शर्मा, क्षेत्र नं २ मा लक्ष्मीराज शर्मा, जाजरकोटमा डम्मरबहादुर सिंहको नाम छनोट गरिएको एमालेका केन्द्रीय सचिव यामलाल कँडेलले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.