banner news
विराटनगर, ५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज शुभकामाना सन्देश जारी गर्दै प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसारले पुरानो...
नेपालगन्ज, ५ माघ । बाँकेका दुई स्थानीय तहले महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि नीति निर्माणको तयारी गरेका गरेका छन् । महिला तथा बालवालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि आज यहाँ पत्रकारसँगको छलफलमा ती स्थानीय तहले हिंसाविरुद्धको नीति तयार...
काठमाडौँ, ५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले सोनाम ल्होसारको अवसरमा आज...
काठमाडौँ, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने...
काठमाडौँ, ५ माघ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका तामाङ समुदायसहित ह्योल्मो,...
म्याग्दी, ५ माघ । यहाँको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘जन्मदिन अक्षयकोष’ स्थापना गरेको छ । फजुल खर्च गरेर भड्किलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित गरी विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना गरिएको सो कोषको आइतबार औपचारिक रुपमा घोषणा...
वालिङ (स्याङ्जा), ५ माघ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज...
झापा, ५ माघ । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको...
वीरगञ्ज (पर्सा), ५ माघ । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् ।...
भद्रपुर (झापा), ५ माघ । माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष बनेको छ । भद्रपुर–६ मोतियावारी...

















