सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा महिला मतदाता बढी


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १४:२३ 
  • कञ्चनपुर, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदातको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । 

    जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको सङख्या एक लाख ५४ हजार ६८ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार महिला मतदाताको सङख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो ।

    जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका उल्लेख गर्नुभयो । सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन् । 

    मतदाताको सङख्यालाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताउनुभयो । अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यसपटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्‍याइएको उहाँले जानकारी दिनुभयो । 

    कृष्णपुर नगरपालिकामा रहेका दुई वटा मतदानस्थलको स्थान परिवर्तन गरिएको छ । मतदानस्थल भने साविककै एक सय ३२ कायम गरिएको छ । निर्वाचन क्षेत्र नं ३ मा दुई वटा अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताउनुभयो । 

    तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिँदै उहाँले कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्य गरिएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.