banner news
मुस्ताङ, १५ माघ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ । वारागुङ मुक्तिक्षेत्र–४...
काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताउनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले...
काठमाडौँ, १५ माघ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए...
भक्तपुर, १५ माघ । यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् । कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश...
खोटाङ, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत्...
रुकुम पूर्व, १५ माघ । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको...
वालिङ (स्याङ्जा), १५ माघ । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका...
रसुवा, १५ माघ । यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ । गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा...
गण्डकी, १५ माघ । कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन्...
कर्णाली, १५ माघ । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो । उक्त...

















