banner news

बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान
-न्युजभित्तो

टक्सार (भोजपुर), १५ माघ । माइती नेपालको संरक्षणमा रही बुवा आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ ।  भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गर्नुभयो । जिल्ला प्रशासन...

‘सहरी स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई छैन’
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।  फोहर सङ्कलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि...

चितवनको गहुँमा नयाँ रोग
-न्युजभित्तो

चितवन, १५ माघ । जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो । कृषि विकास...

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताउनुभयो...

एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५...

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’
-न्युजभित्तो

सिरहा, १५ माघ । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो । स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछाँै आमा रु”...

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध
-न्युजभित्तो

म्याग्दी, १५ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् । लुलाङ आधारभूत विद्यालयका...

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
-न्युजभित्तो

मुस्ताङ, १५ माघ । भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
-न्युजभित्तो

धरान (सुनसरी), १५ माघ । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान
-न्युजभित्तो

भोजपुर, १५ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् । गाउँपालिकाले बहुवर्षीय...