सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरौदी खोला कटान: वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै


  •    न्युजभित्तो/१६ माघ २०८२, बिहीबार १४:१७ 
  • गण्डकी, १५ माघ । कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् । तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ ।
    कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका बासिन्दा कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् । यस क्षेत्रमा पुलको अभाव उत्तिकै खड्किएको छ । कहिले कास्कीको क्षेत्र नं १ त कहिले क्षेत्र नं २ मा पर्दै आएको यो पोखरा महानगरपालिका–३३ मा रहेर पनि कास्कीको दुर्गम भेगझैँ बनिरहेको स्थानीय समाजसेवी यामप्रसाद पौडेलले बताउनुुभयो ।
    महानगरको वडा भएर पनि यहाँ पोखराबाट नभइ तनहुँको दुलेगौँडाबाट आउन सजिलो छ । सडक तथा यातायातको पहुँच नभएकैले यहाँका सर्वसाधारण आफ्नै जिल्ला सदरमुकाम पोखरा पुग्न तनहुँको दुलेगाँैडा हुँदै जानुपर्ने बाध्यता छ ।
    सुरौदी खोला कटान नियन्त्रणका लागि पटक पटकका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या दर्शाउने गरेका यहाँका स्थानीयले उम्मेदवार तथा पार्टीबाट चुनावका समयमा राम्रै आश्वासन पाए पनि त्यसलाई व्यवहारमा देख्न नपाएको गुनासो गर्छन् ।
    सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ उपलब्ध गराउन सकेमा यहाँको उत्पादनले समग्र पोखरालाई आत्मनिर्भर बनाउन सक्ने अगुवा किसान रमेश आचार्य बताउनुहुन्छ । कटानको कहर पटक–पटक सुनाए पनि यसतर्फ राज्यको चासो नपुग्दा स्थानीयले दुःख पाएको उहाँले बताउनुुभयो ।
    कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा सुरौदी फाँट कृषि उत्पादनको अब्बल भूमिमा परिणत हुने स्थानीयको भनाइ छ । यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक देखिन्छ । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
    खोला आसपासका उब्जाउ योग्य भू–भागमा खोलाको पानीको उपयोग हुन सकेको छैन । ती क्षेत्र सिँचाइविहीन रहेको चण्डी माध्यमिक विद्यालय बरभोटेनीका प्रधानाध्यापक सन्तोराज लामिछानेले बताउनुुभयो । “खोलाले बर्सेनि कटान गरिहेको समस्या त छँदैछ, तल खोला बगिरहेको छ तर किनाराका खेत तथा बारी सिँचाइ गर्ने पानी नहुँदा सुख्खा बनेका छन्”, उहाँले भन्नुुभयो ।
    कुर्लिङ क्षेत्रमा तटबन्ध निर्माण गरी जलाशय निर्माण गर्ने होभने त्यसबाट जलपर्यटनसँगै माछापालन एवम् खेतीयोग्य भूभागमा सिँचाइ गर्न सकिने समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.