banner news

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
-न्युजभित्तो

चितवन, १६ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।  आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित...

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान होः पूर्वराष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौँ, १६ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ ।  सहिद दिवस, ०८२ का अवसरमा आज एक सन्देश जारी गर्दै  उहाँले नागरिक स्वतन्त्रता, लोकतन्त्र...

सहिदहरुप्रति सम्मान गर्न मुख्यमन्त्री कार्कीको आग्रह
-न्युजभित्तो

विराटनगर, १६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभित्र समयमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर सहिदप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै नेपालको...

पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै
-न्युजभित्तो

भोजपुर, १६ माघ । पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ । पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको सहयोग आह्वानअनुसार ललितपुरको...

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
-न्युजभित्तो

खोटाङ, १६ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ र म्याग्दीका २९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।  प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ । जिल्ला...

सुनचाँदीको भाउ घट्यो
-न्युजभित्तो

काठमाडौँ, १६ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
-न्युजभित्तो

किमाथाङ्का (सङ्खुवासभा), १५ माघ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिनुभयो । दलका उम्मेदवारको सामाजिक...

पर्सा निकुञ्जमा बाघ गणना थालियो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १५ माघ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक) मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न  सुरआत गरिएको हो ।  राष्ट्रिय निकुञ्ज...

निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
-न्युजभित्तो

चितवन, १५ माघ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।  सो अवसरमा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका...

नालापानी युद्धमा वीरगति प्राप्त गरेका खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न माग गरिइएको छ ।  राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा इतिहास विद् प्राडा श्रीरामप्रसाद उपाध्यायले नालापानीको ऐतिहासिक...