सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो


  •    न्युजभित्तो/१६ माघ २०८२, बिहीबार १४:३५ 
  • खोटाङ, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । 

    “बृहत् स्वास्थ्य शिविरका लागि आवश्यक तयारी सुरु गरेका थियौँ, निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ, निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शिविर चैत पहिलो हप्ता गर्ने सहमति भएको छ ।”

    नगरपालिकाले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकताामा राख्दै ओम अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरेको थियो । शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नीसम्बन्धी सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधिसमेत वितरण गर्ने तयारी गरिएको थियो । 

    दिक्तेल बजारस्थित जिल्ला आयुर्वेद अस्पतालमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरसम्बन्धी सहमतिपत्रमा नगर प्रमुख भट्टराई, ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टङ्क श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । दुईदिने स्वास्थ्य शिविरमा अस्पतालबाट वरिष्ठ विशेषज्ञ डा आनन्दप्रसाद श्रेष्ठसहितका स्वास्थ्यकर्मी आउने सहमति भएको छ ।

    प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । राजनीतिक दल तथा उम्मेदवार आफ्नो पक्षमा जित सुनिश्चित गर्नका लागि मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् । 

    निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

    प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई स्वतन्त्रसहित १५ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्नै एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनका १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आउँदो निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.