सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते


  •    न्युजभित्तो/१६ माघ २०८२, बिहीबार १४:३८ 
  • भक्तपुर, १५ माघ । यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् । 

    कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प।११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क। ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

    दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाकोे ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीका राखिएको उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.