banner news

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल
-न्युजभित्तो

काठमाडौँ, १९ माघ ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना र सामग्रीलाई व्यापकता दिइ मतदाता शिक्षाको प्रवद्र्धन, सञ्चार अनुगमनलगायतका विषयमा आज सरकारी स्वामित्वका सञ्चारमाध्यम र सम्बन्धित निकायसँग छलफल गरेको छ । आयोगले निर्वाचन आउन एक महिना बाँकी...

छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १९ माघ । बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप रु तीन हजार भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई रु तीन हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो । गाउँपालिका...

विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ ।  परमपुज्य...

नुवाकोटमा बाल सुधार केन्द्र स्थापना
-न्युजभित्तो

त्रिशूली (नुवाकोट), १९ माघ । केन्द्रीय कारागार नुवाकोटमा बाल सुधार केन्द्र स्थापना गरिएको छ । केन्द्रीय कारागार नुवाकोटको रिक्त ब्लक नं ३ को भवनमा आवश्यक बन्दोबस्तीसहित स्थापना गरिएको केन्द्रमा देशका विभिन्न बाल सुधार केन्द्रमा क्षमताभन्दा बढी रहेका बाल बिज्याइँकर्तालाई...

कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध...

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व सङ्कटमा
-न्युजभित्तो

कञ्चनपुर, १९ माघ । जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सीमसार क्षेत्र तथा ताल–तलैयाको अस्तित्व सङ्कटमा परेको छ । जैविक विविधताको संरक्षण, जलसन्तुलन र पर्यावरणीय स्थायित्वका आधारस्तम्भका रूपमा रहेका सीमसार क्षेत्र संरक्षण तथा सम्वर्द्धनको अभावमा सङ्कटमा...

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’
-न्युजभित्तो

वाशिङ्गटन डिसी (अमेरिका), १९ माघ । अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ । मानिसहरू हरेक काम र यात्राका लागि जनवरी महिनामा योजना बनाउँदैनन् । तर मानव हितका लागि भनेर विश्वभरि शान्तिको सन्देश सम्प्रेषण गर्नका लागि बौद्ध भिक्षुहरू भने हिउँका...

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको...

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका विभिन्न कार्यक्रमसहित नेपालमा पनि आज विश्व सिमसार दिवस मनाइँदै छ ।  प्रत्येक वर्ष ‘फेब्रुअरी २ तारिख’मा विश्वभर मनाइने यस दिवसले जलवायु परिवर्तनकाका कारण प्रभावित सिमसार क्षेत्रको संरक्षण...

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात
-न्युजभित्तो

मलेखु (धादिङ), १९ माघ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ । निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार...